सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलन्या थलीद्वारा खाद्यान्न सहयोग

२०७६ चैत्र १८, ०४:१४ खबर संवाददाता

धनगढी: बोलन्या थलीले दैनिक ज्यालादारी काम गर्ने विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। 

बोलन्या थलीले धनगढी उपमहानगरपालिका– ६ धनचौरी सुकुम्बासी शिविरका २३ परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको हो। देशभर लकडाउन भएपछि उनीहरुलाई दैनिक गुजारा चलाउन समस्या भएको भन्दै बोलन्या थलीले संचालन गरेको दानापानी अभियान अन्तरगत खाद्यान्न सहयोग गरेको संयोजक यादव जोशीले बताए।

चौथो दिन मङ्गलबार धनचौरी सुकुम्बासी शिविरमा रहेका २३ घरपरिवारलाई  नुन, तेल, दाल, चाउचाउ, मसला सामाग्री वितरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

उक्त दाना पानी अभियानलाई मनोज कुमार चन्द, दीपेन्द्र शाह, पंकज शर्मा  बिक्रम बोहरा, उत्तम ओझा र गड्शेरा डोटी निवासी एक युवाले सहयोग गरेको संयोजक जोशीले बताए। 

बोलन्या थलीले पश्चिम सेती निमार्णका लागि विभिन्न रचनात्मक आन्दोलन गर्दै आइरहेको छ। 

 

कमेन्ट लोड गर्नुस