सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ९४ परिवारलाई खाद्यान्न वितरण

२०७६ चैत्र १८, ०३:४० खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को गौरीटोलका ९४ परिवारलाई खाद्यान्न वितरण गरिएको छ। धनगढी उपमहानगरपालिका ५ घर भई हाल अस्ट्रेलियामा रहेका अनिल भट्टले ५१ हजार र धनगढी ८ बुद्धचोक घर भई अमेरीकामा रहेका दिनेश कार्कीले २१ हजार सहयोग गरेको रकमबाट खाद्यान्न वितरण गरिएको हो।

विभिन्न सामाजिक कार्यमा संग्लन मदन भट्टको आह्वानमा सहयोग रकम उपलव्ध भएपछि खाद्यान्न वितरण गरिएको हो। लकडाउनले मजदुरी गर्न नपाएपछि छाक टार्नै मुस्किल परेका नागरिकहरुलाई खाद्यान्न वितरण गरिएको भट्टले बताए। ५० कट्टा चामल, ५० किलो दाल, ५० लिटर तेल वितरण गरिएको भट्टले बताए। 

कोभिड १९ अर्थात कोरोना भाइरसको सतर्कता स्वरुप सरकारले गरेको लकडाउनका कारण दैनिक मजदूरी गरि खानेहरुलाई समस्यामा परेपछि वडा नम्बर ३ का जनप्रतिनिधीहरुले सहयोग अपिल समेत गरेका छन्। केही क्षेत्रबाट आर्थिक तथा केहीबाट खाद्यान्न नै सहयोग भएको वडा अध्यक्ष बलबहादुर ऐरले बताए।

कमेन्ट लोड गर्नुस