सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु

२०७६ चैत्र १७, ०७:१८ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा निर्माणका क्रममा रहेको सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा जिल्लाको अमरगढी नगरपालिका– ४ काजीधाराका दिपक भट्टका ५ वर्षका छोरा रिदम भट्टको रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

मृतकको शव पोष्ट मार्टमका लागि डडेल्धुरा अस्पताल पु¥याईको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्योपानेले जानकारी दिएका छन्। मृतक बालक डडेल्धुरा सदरमुकाम स्थित क्याम्ब्रिज पब्लीक स्कुलमा अध्ययनरथ छात्र हुन्।

कमेन्ट लोड गर्नुस