कोभिड– १९ः बैतडीमा एघार एम्बुलेन्स तयारी अवस्थामा
बैतडी: बैतडीमा कोभिड– १९ का शंकास्पद बिरामीलाई आइसोलेनसम्म पु¥याउन ११ एम्बुलेन्स तयारी अवस्थामा रहेका छन्। ७ स्थानीय तहका ८, जिल्ला अस्पतालका २ र शहिद दशरथचन्द स्मृति प्रतिष्ठानको एउटा एम्बुलेन्स तयारी अवस्थामा रहेका हुन।
७ स्थानीय तहमध्ये दशरथचन्द नगरपालिकाका २, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका,मेलौली नगरपालिका र पुर्चौडी नगरपालिकाको १/१ एम्बुलेन्स तयारी अवस्थामा रहेका छन्।
कोरोना संक्रमित वा आशंका गरिएका बिरामी बोक्न आवश्यक उपकरणसहित एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। ।