सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्थापना हुने कोरोना परीक्षण प्रयोगशालाका उपकरण जाँच गरेर मात्र पठाईने

२०७६ चैत्र १७, ०८:५८ खबर संवाददाता

धनगढीमा स्थापना गरिने कोरोना प्रयोगशालाका उपकरणहरु परिक्षण गरेर मात्र पठाईने भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट खरिद गरी ल्याईएका प्रयोशालाका उपकरण परिक्षण गरेपछि मात्र धनगढी पठाउने भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले प्रयोगशालाका उपकरण परिक्षणपछि मात्र धनगढी पठाईने बताईन्।

उनले भनिन्, ‘हिजो अबेर मात्र उपकरण काठमाडौँ आईपुगेका छन्। हामी परिक्षण गरेर मात्र पठाउँछौँ।’ निर्देशक झाले परिक्षणमा समय लाग्न सक्ने बताउँदै आज वा भोली सम्ममा पठाउन सकिने÷नसकिने उल्लेख गर्न नमिल्ने बताईन्।

संघिय सरकारले सबै प्रदेशमा कोरोना भाईरसको नमूना परिक्षणका लागि प्रयोगशाला स्थापना गर्न उपकरण खरिद गरेको थियो। सोही अनुसार धनगढीमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएको हो।

यसैबिच स्वास्थ्य सेवा विभागले कोरोना भाईरसको उपचारमा खटिने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि चाहिने पीपीई, मास्क लगायतका समाग्री सहित कर्मचारीको टोली धनगढी पठाएको छ।

स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत दीपक भट्ट नेतृत्वको टोलीले ती समाग्री धनगढी ल्याईरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।  
 

कमेन्ट लोड गर्नुस