सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालका तीन जना स्वास्थ्यकर्मीको नमूना संकलन

२०७६ चैत्र १६, १०:४३ खबर संवाददाता

धनगढीः कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएका युवाको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका ३ जना स्वास्थ्यकर्मीको पनि आइतवार नमुना संकलन गरिएको छ।

ति स्वास्थ्यकर्मी स्वाव संकलन लगायत विरामीको उपचारमा संलग्न रहेका छन्। चैत ११ गते अस्पताल भर्ना भएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षिय युवकको नमुना जाँचको रिपोर्ट पोजेटिभ आएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीको पनि नमुना जाँच गर्न थालिएको हो।

‘कोरोना भाइरस कोभिड १९ को जाँचका लागी संक्रमित युवाको उपचारमा संलग्न ३ स्वास्थ्यकर्मीको नमुना संकलन गरेका छौं’सेती प्रादेशिक अस्पताल आकस्मिक कक्ष बिभाग प्रमुख जगदिश जोशीले भने। नमुना संकलन गरेपनि जाँचका लागी पठाउने गाडीको व्यवस्था नहुदाँ आइतवार पठाउन सकिएको छैन। 

आइतवार तीन स्वास्थ्यकर्मी सहित ७ जनाको नोवेल कोरोना भाइरस संक्रमणको जाँचका लागी नमुना संकलन गरिएको छ। नमुना संकलन गरिएकामा एक जना अष्ट्रेलियावाट आएका र ३ जना भारतवाट आएका रहेको अस्पताल आकस्मिक कक्ष बिभाग प्रमुख जोशीले बताए।

कमेन्ट लोड गर्नुस