सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा क्वारेन्टाईनमा बसेकालाई मदिरा सेवन गराउने एकजना पक्राउ

२०७६ चैत्र १६, १०:०३ खबर संवाददाता

बैतडीमा क्वारेन्टाईनमा बसेकालाई मदिरा सेवन गराउने एकजना पक्राउ परेका छन्। जिल्लाको पुर्चाेडी नगरपालिका ७ स्थित गलिनाथ माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाईनमा बसेका लाई मदिरा सेवन गराउने एक सोहि ठाउँका धर्मानन्द बडु पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुशार बडुले रुईनीचौरमा स्थित गलिनाथ माविमा मापसे सेवन गरेर क्वारेन्टाईनमा बसेका अन्यलाई पनि मदिरा खुवाएर होहल्ला गरेका थिए। वडा नम्बर ९ का अध्यक्ष रामबहादुर ऐरले सम्झाउन खोज्दा उनिमाथि पनि हातपात गरी होहल्ला गरेको भेटीएपछि बडुलाई नियन्त्रणमा लिईएको हो।

बडुलाई प्रहरी चौकी पुर्चाैडी हाटमा थुनामा राखिएको छ। गलिनाथ माविको क्वारेन्टाईनमा ६ जना राखिएका छन्। 
 

कमेन्ट लोड गर्नुस