धनगढीमा कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना सहित दिप प्रज्वलन

धनगढीमा कोरोना संक्रमित ३४ वर्षीय युवकको स्वास्थ्य लाभको कामना सहित बोलन्या थलीले दिप प्रज्वलन गरेको छ। आईतबार साझँ धनगढीको मोतिचोकमा बोलन्या थलीले दिप प्रज्वलन गर्दे कोरोना संक्रमीत ३४ वर्षीय युवकको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो।
बोलन्या थलीका संयोजक यादव जोशीले चैत्र ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका युवकमा कोरोनाको संक्रमण देखा परेपछि भगवानले उनलाई कोरोना सँग लड्ने शक्ति प्रदान गरुन भन्ने अपेक्षाले शीघ्र स्वास्थ्य लाभको कामना सहित दिप प्रज्वलन गरीएको बताए।


