सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका दुबैजनाको नमूना रिपोर्ट नेगेटिभ

२०७६ चैत्र १६, ०८:२४ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका बैतडीका २ जनाको नमूना रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ का ४२ वर्षीय गोपाल बोहरा र दशरथचन्द नगरपालिका ७ का ५८ वर्षीया घुम्रा लुहारको नमूना रिपोर्ट नेगेटिभ आएको हो।  

यसअघि दुबै जना आइसोलेसनमा राखिएको भए पनि रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका डाक्टर बशन्तराज जोशीले जानकारी दिए। बोहरा गत मंगलबार भारतबाट नेपाल आएका थिए भने घुम्रा घरैबाट ज्वरो आएपछि चेकजाँचका लागि जिल्ला अस्पताल पुगेका थिए।

बोहराको १००.८ डिग्री फरेनहाइट ज्वरो र बृद्धाको १००.४ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि कोरोना आशंकामा दुबैजनाको घाँटी र नाकको ¥याल (थ्रोट स्वाव) परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।
 

कमेन्ट लोड गर्नुस