सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड– १९ः डडेल्धुरामा एक जनाको नमुना संकलन, काठमाडौं पठाउने तयारी

२०७६ चैत्र १६, ०४:४१ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा कोभिड– १९ को आशंकामा एक जनाको नमुना संकलन गरिएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ९ का अन्दाजी २० वर्षीय पुरुषको नमुना संकलनन गरिएको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रशाद पन्तले बताए।

उनी १० दिन अगाडी भारतको मुम्बैबाट घर आएको र रुखाखोकी र समान्य ज्वरो देखिएकाले डडेल्धुरा अस्पतालमा ल्याइ थ्रोट स्वाब संकलन गरिएको सूचना अधिकारी पन्तले बताए।

संकलन गरेको नमुना परिक्षणका लागि स्वास्थ्य निर्देशनालाय हुदैँ काठमाण्डौ पठाईने  तयारी भएको उनले बताए। 

कमेन्ट लोड गर्नुस