सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बोलन्या थलीद्धारा २५ परीवारलाई खाद्यान्न सामाग्री वितरण

२०७६ चैत्र १६, ०४:०५ खबर संवाददाता

धनगढीमा बोलन्या थलीले दैनिक ज्यालादारीमा आश्रीत २५ परीवारलाई खाद्यान्न वितरण गरेको छ। आईतबार बोलन्या थलीले वडा नम्बर ७ देवरियाका २५ परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण गरेको हो।

बोलन्या थलीका संयोजक यादव जोशीका अनुशार कोरोना जोखीमबाट बच्न जारी गरीएको लकडाउनले दैनिक मजदुरी गरेर घरखर्च चलाउन समेत समस्यामा रहेका २५ परीवारलाई घरमै पुगेर खाद्यान्न सामागी्र वितरण गरीएको हो।

बोलन्या थलीले संचालन गरेको आश्रय अड्डाबाट दाना पानी अभियान मार्फतको दोस्रो दिन आईतबार  देवरियामा घरदैलो गरी २५ घरपरिवारलाई नुन , तेल , दाल , सोया , मसला सामाग्री बितरण गरीएको संयोजक यादव जोशीले बताए। उनले अतिविपन्न परीवारलाई लकडाउनको समयमा खाद्यान्न वितरण गरी दैनिक गुजारा चलाउन सहयोग गरेका बताए।  

 

कमेन्ट लोड गर्नुस