सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको मार्तडी बजार क्षेत्रमा कीटनाशक औषधि छर्कियो

२०७६ चैत्र १६, ०३:४५ प्रकाश सिंह

बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा नेपाली सेनाले कीटनाशक औषधि छर्केको छ। बडीमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र बाजुरा स्वास्थ्य कार्यालय बाजुराको संयुक्त प्रयास तथा नेपाली सेना समरजित गुल्मको सहकार्यमा बजारका मुख्य स्थानमाा कीटनाशक औषधि छरेको समरजित गुल्मका गुल्मपती रवीन श्रेष्ठले बताए। 

स्वास्थ कार्यालयबाट औषधि र कृषि ज्ञान केन्द्र बाजुराले औषधि छर्किने भाडाहरु लगेर बजार क्षेत्रमा कीटनाशक औषधि छर्किएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए। उनले सिमित अत्यावश्यक ठाउँमा कीटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिइरहेको बताए।

सदरमुकाम मार्तडीमा मानिसहरुकोे आवतजावत बढी स्थान र क्वारेन्टाइन बनाएको स्थल समेत कीटनाशक औसधि छर्केको बडीमालिका  नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताए। 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस