सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट नल्काघाट हुँदै ३९ जना धनगढी भित्रिए

फोटो राजेश खतिवडा
फोटो राजेश खतिवडा
२०७६ चैत्र १६, ०१:०३ खबर संवाददाता

धनगढी : भारतका विभिन्न सहरबाट नल्का घाट हुँदै ३९ जना नेपाली धनगढी भित्रिए भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारत र नेपालमा लकडाउन जारी रहेपनि भारतका विभिन्न सहरबाट नेपालीहरु धनगढी भित्रिएका हुन्।

उनीहरुको अहिले धनगढी उप–महानगरपालिका वडा नम्वर २ नल्काघाट नजिक मैदानमा बसाएर स्वास्थ्य जाँच गर्ने तयारी छ। उनीहरुको स्वास्थ्य जाँच पछि धनगढी रंगशालाको क्वारेन्टाईनमा राखिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

यसअघि त्रिवेणी घाटबाट पनि २४ जना धनगढी भित्रिएका थिए। उनीहरुलाई एक दिन कैलाली उद्योग वाणिज्य संघको क्वारेन्टाईनमा राखिएपनि त्यसपछि घर पठाईएको थियो।

कमेन्ट लोड गर्नुस