सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालका डाक्टरको गुनासो– दबाई त छैन् दुवाको भरोसा

२०७६ चैत्र १६, ०८:५२ खबर संवाददाता

धनगढी : युएईको दुबईबाट आएका धनगढीका एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएपछि अहिले उनको उपचारमा संग्लन डाक्टरहरुको कतिपयले आलोचना गरिरहेका छन्। डाक्टरको विरोध गर्दै सामाजिक सञ्जालमै लेखेका छन्, ‘संक्रमितको उपचारमा लापरवाही भईरहेको छ। डाक्टरहरु नजिक जाने मानिरहेका छैनन्। विरामीको मानवअधिकार हनन् भईरहेको छ।’ तर डाक्टरको छुट्टै गुनासो छ। उनीहरु भन्छन्, ‘निशस्त्र योद्धाले युद्ध जित्न सक्दैन।’

स्वास्थ्यकर्मीलाई सुरक्षा कवचको प्रवन्ध नहुँदा उनीहरुले यस्तो गुनासो गरिरहेका छ। सोही क्रममा सेती प्रादेशिक अस्पतालमै कार्यरत डाक्टर शेरवहादुर कमरले आफ्नो दुखेसो पोखेका छन्। उनले फेसवुकमा स्टाटस लेख्दै भनेका छन्, ‘
बिपद पन्चे बाजा बजाएर नै आउदै थियाे। हामी बहिरा भयौँ, कानो भयौँ, एक सय ७५ जना बाहेक सबैलाई साडे छोडे जस्तै छोडियो। दक्षिण तिरको भेल पनि उल्टो बग्यो पहाड अनि हिमाल तिर, सायद हामी राख्न सक्दैनौ जाउ भनेको हो क्यारे। बिपदको बीउ प्रत्येक स्थानीय तहमा पुगेको जस्तो लागीरहेको छ मलाई। ’ उनको यो स्टाटस भारतबाट फर्किएका नेपालीहरुलाई लक्षित गर्दै लेखेका हुन्। उनीहरुलाई निगरानीमा नराखी घर पुगाईएको प्रसंग उनको स्टाटसमा जोडिएको हो। 

सोही स्टाटसमा डाक्टर कमरले थपेका छन्, ‘कोरोना रोग आफै आउँदैन्। विदेशी वा बिदेशीबाट आउनेले ल्याउने हो। यो कुरा थाहा हुदा हुँदै पनि हामी नराम्रो सङग चुकिसकेको छौ। बर्षको २/३ पटक स्वास्थ्य मन्त्री र ४/६ पटक सचिब परिवर्तन भईरहने स्वास्थ्य मन्त्रालय अनि मिसन र भिजन नभएका नेतृत्वबाट यो भन्दा अरु के नै आश गर्न सकिन्थ्यो र ? दवाइ त छैन अब दुवाको भरोसा।’ उनले अगाडि लेखेका छन्, ‘जे भएपनि बाँकी रहेका लडाईहरू सँगसँगै युद्ध गरौं। म सुदूरपश्चिमको फ्रन्टलाइन योद्धा हुँ। तर तपाईको र सरकारकाे सहयोग चाहिन्छ।’

 

कमेन्ट लोड गर्नुस