सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य सामाग्री सुदूरपश्चिमका सबै अस्पतालमा उपलब्ध गराउनु पर्छः नेपाली काँग्रेस

२०७६ चैत्र १५, १०:४९

धनगढी- चीनबार नेपाल सरकारले ल्याउने स्वास्थ्य सामाग्री सुदूरपश्चिमका सबै अस्पताललाई पनि दिनुपर्ने काँग्रेसले बताएको छ। शनिबार राती चीनबाट नेपाल आउने स्वास्थ्य सामाग्री सुदूरपश्चिम सरकारले प्रदेशका सबै अस्पतालहरुमा चाँडै दिनुपर्ने काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए। 

प्रदेशमा यथाशिघ्र स्वास्थ्य सामाग्री वितरणा हुनुपर्ने नेपाली काँग्रेसले माग गरेको हो। नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वान्जाओबाट स्वास्थ्य सामाग्री ल्याएर राती नेपाल पुग्ने छ। सुदूरपश्चिम नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले प्रदेशमा पिपिइ नहुँदा स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरूले सेवा प्रदान गर्ने अवस्था नभएको बताए।

उनीहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री अति आवस्यक रहेको उनले बताए। ‘यदि प्रदेश सरकार यसमा गम्भिर भएन भने हामी जुनसुकै कदम चाल्न पनि तयार रहेका छौं।’ उनले भने।

परराष्ट्र मन्त्रालयको सहयोगमा भारत, बंगलादेश‚ म्यानमार र चीनको अनुमतिमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको गोन्जाओ लगिएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए। उक्त जहाजमा कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्री ल्याइने छ। नेता रावलले यस विषयमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहसंग कुराकानी भइसकेको बताए 

कमेन्ट लोड गर्नुस