सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हजार बोइलर कुखुराका चल्ला खाल्डोमा पुरियो

२०७६ चैत्र १५, ०९:०७ खबर संवाददाता

धनगढी- कैलालीमा  हजार बोइलर कुखुराका चल्ला खाल्डोमा पुरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ को भैरब पोल्टी फर्मले दानाको अभाव भएको भन्दै एक हजार बोइलर कुखुराका चल्ला खाल्डोमा पुरेको हो। 

विश्वमा फैलिएको महामारी कोरोना भाइरसका कारण देश नै लकडाउन भएपछि कुखुराका चल्लालाई आवश्यक पर्ने दानाको अभावका कारण १८ दिनका हजार  चल्ला खाल्डोमा पुरेको छ। १० वर्षदेखि कुखुरा ब्यबसाय गर्दै आएका भैरब पोल्टी फर्मका सञ्चालक पदम साउँदले कुखुराका चल्ला खाल्डो खेनेर पुरेको बताए। १८ दिनसम्म दैनिक ६८ सयका दरले खाने गरेको चारोका कारण झण्डै डेढ लाख बराबरको दाना सकिएपछि उनले थप दानका लागि विभिन्न ठाउँमा सम्पर्क गरेको बताए।

चारो नपाउने भएपछि आज बाध्य भएर सबै चल्ला खाडमा पुर्न बाध्य भएको साउँदले बताए। 

एभरेस्ट बैंक अत्तरियाबाट १२ लाख ऋण लिएर सञ्चालन गरेको बोइलर कुखुरा फार्म ८५ हजारका कुखुराका चल्ला एक लाख ५० हजार बराबरको दाना र औषधि उपचार खर्च गरिसकेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस