सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा लकडाउनको समयमा यात्रु ओसार्दै रेडक्रसको एम्बुलेन्स

२०७६ चैत्र १५, ०८:०९ प्रकाश सिंह

बाजुरा- बाजुराको बाह्रबीस रेडक्रस शाखाको एम्बुलेन्सले लकडाउनमा यात्रु ओसारेको पाइएको छ। धनगढीबाट बाजुराका लागि आएको से१च ५२४ नम्बरको एम्बुलेन्सले १० जना यात्रु बोकेको अछाम प्रहरीले जनाएको छ।

अछाम प्रहरीले उक्त एम्बुलेन्समा यात्रु ओसारेको भन्दै एम्बुलेन्स अछाम प्रवेशमा रोक लगाएको छ। अछामका प्रहरी प्रमुख दिपक भारतीका अनुसार चौखुट्टेमा प्रहरीको चेकजाँचका क्रममा यात्रु बोकेको पाइएपछि प्रहरीले एम्बुलेन्स अछाम प्रवेशमा रोक लगाएको हो। एम्बुलेन्समा बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका र एकजना अछामका यात्रु रहेको प्रहरीले जनाएको छ।

बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेकाले उनीहरुलाई ल्याएर क्वारेनटाइनमा राख्ने तयारी भएको बताएका छन्। त्यस्तै यात्रु बोक्ने चालकलाई समेत कारवाही गरिने उनले बताए। पछिल्लो समय बाह्रबिस शाखाको एम्बुलेन्सले पटक–पटक यात्रु ओसार्ने गरिरहेको गुनासो आइरहेको थियो। उक्त एम्बुलेन्स भारत सरकारले सहयोग गरेको थियो।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस