सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अलपत्र परेकालाई डडेल्धुराको गन्यापधुराले उद्धारगरी क्वारेन्टाइनमा राख्यो

२०७६ चैत्र १४, ०६:३८ खबर संवाददाता

धनगढी: भारतबाट आएर कञ्चनपुरमा अलपत्र परेका ७ जनालाई डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले उद्धार गरेको छ। चैत ९ गते भारतबाट फर्किएर बेल्डाडी गाउँपालिका २ मा रहेको छोरीको घरमा आश्रयका लागि पुगेका डडेल्धुराको गन्यापधुरा– १ की खिमादेवी दमाईसहितका सात जनालाई घरबाट निकालिएको थियो।

छोरीको घरबाट निकालिदिएपछि अलपत्र परेका उनीहरुको उद्दारगरेर डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ सरस्वती मावि भत्काँडामा बनाइएको क्वारेन्टाइनमा राखेको गाउँपालिका अध्यक्ष नवल मल्लले बताए।

‘भारतबाट फर्किएर छोरीका घर पुगेका रहेछन, खिमादेवीका चारजना छोराबुहारी, दुई नातीनतीना गरी ७ जनालाई ल्याएका छौ, उनले भने ‘ती सबैलाई ल्याएर खाना बस्नको प्रवन्ध मिलाएर सुरक्षित क्वारेन्टाइनमा राखेका छौ।’

सरस्वती मावि भत्काँडाले भारतबाट आएकालाई राख्नेगरी केही दिनअघि नै क्वारेन्टाइन तयारी अवस्थामा राखेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष देउवाले बताए।

कमेन्ट लोड गर्नुस