सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्वारेन्टाइन नबस्नेलाई अमगढी नगरपालिकाले कारवाही गर्ने, नगरको सम्पूर्ण सेवामा बन्देज

२०७६ चैत्र १४, ०२:१८ खबर संवाददाता

धनगढी: कोभिड– १९ भाइरस रोकथामको लागि भनेर सरकारले मंलबारदेखि देशभर लकडाउन गरेको छ। तर सुदूरपहाडमा भारतबाट फर्केका नेपालीहरुले सरकारको आदेश नमानेर उल्लंघन गर्ने गरेका छन्। उनीहरु बनाइएका क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन्। 

त्यस्ता अटेरी स्थानीयहरुलाई  लागि डडेल्धुराको अमरगढी नगरपालिकाले कारवाही गर्ने निर्णय गरेको छ। अमरगढी नगरपालिकाले भारतबाट फर्किएका नागरिकले क्वारेन्टाइनमा नबसे नगरपालिकाले दिने सम्पूर्ण सेवाहरु बन्देज लगाउने निर्णय गरेको छ।

बिहीबार बसेको स्वास्थ्य विशेष कार्यदलको बैठकले ‘भारतबाट आएका नेपालीले सरकारले गरेको निषेधाज्ञा उल्लंघनगरि जथाभावी घुमेका पाइएमा नगरपालिकाबाट प्रद्धत्त सम्पूर्ण सेवामा बन्देज लगाउने, दैनिक ज्याला मजदुरी गर्ने नागरिकहरुलाई राहत उपलब्ध गराउने र स्थानीय बजारमा खाद्यान्न संकट देखिएमा आपूर्ति सहज बनाउनेगरि  तीनवटा निर्णय गरेको छ।

ती निर्णयलाई कार्यान्वयन गराउन नगरका ११ वटै वडामा समन्वय समिति गठन गरेर अनुगमन गर्न निर्देशन दिइएको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। ‘ती समन्वय समितिको सिफारिस अनुसार नै ज्यादारी गर्ने मजदुरलाई राहत प्याकेज उपलब्ध गराउने छौ’ उनले भने, ‘खाद्यान्न आपूर्ति सहज बनाउन बिक्रेताहरुका लागि सम्पर्क व्यक्ति समेत तोकेका छौ।’

 

कमेन्ट लोड गर्नुस