सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनपछि मजदुर समस्यामा, घरमै पुगेर खाद्यान्न वितरण गर्दै अमरगढी-३

२०७६ चैत्र १४, ०१:४४ खबर संवाददाता

धनगढी: सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्नेलाई छाक टार्न समस्या भएको छ। यसैबिच डडेल्धुरा अमरगढी नगरपालिका– ३ का वडाअध्यक्षले वडामा रहेका ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गर्न सुरु गरेका छन्। 

बिहिबारमा मात्रै उनले वडाका तर्फबाट लाल दमाईको परिवारलाई २५ किलो चामल २ किलो दाल, एक लिटर तेल र नुन वितरण गरेका छन्। यस्तै वडामा रहेका ज्यालादारी गर्ने अन्य १० परिवारको समेत पहिचान गरेर शुक्रबार खाद्यान्न वितरण गरेको वडाअध्यक्ष गोविन्द राज बोहराले बताए। 

‘दैनिक ज्यालादारीबाट पाँच सयदेखि ८ सयसम्म कमाउने महिला अहिले घरमै थन्किनुपर्दा चिन्तामा छन्’ उनले भने, ‘ज्यालादारी गर्ने मानिसको चुलो बल्नै छोडेपछि वडा कार्यालयले राहत प्याकेज बनाई खाद्यान्न वितरण गरेको हो।’ लकडाउन अवधिभरका लागि अन्य परिवारको समेत पहिचान गरेर आवश्यक पर्ने चामल, दाल, तेल, नुन दिने वडा अध्यक्ष बोहराले बताए।  

यअघि वडा कार्यालयले वडावासीहरुलाई १३ महिला स्वयंमसेविका खटाएर प्रत्येक घरमा साबुन र मास्क वितरण गरिसकेको छ।  त्यस्तै वडाले भारतबाट आएकाहरुको घरमै गएर एक्लै बस्न आग्रह गरेको र क्वारेन्टाइनमा बस्न चाहनेका लागि जनसेवा प्रावि डाँडाकोट र घटाल माविमा क्वारेन्टाइन व्यवस्था गर्ने वडाअध्यक्ष गोविन्द राज बोहराले बताए। 

 

कमेन्ट लोड गर्नुस