सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा क्वारेन्टाइनमा खटिएका अहेबलाई कुट्ने पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र १३, ०४:३४ खबर संवाददाता

बैतडी: बैतडीमा क्वारेन्टाइनमा खटिएका अहेब कुट्नेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुरचौंडी नगरपालिका– ५ को क्वारेन्टाइनमा भारतबाट फर्केका सुनील जागरीका बुवा नरेन्द्र जागरीसहितका व्यक्तिले स्वास्थ्यकर्मी करनसिंह धामीमाथि हातपात गरेका थिए। 

घटनाको जानकारी आएपछि उक्त स्थलमा प्रहरीलाई पठाएर कुटपिटमा संलग्न नरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस