सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा अहेबलाई कुटियो

२०७६ चैत्र १३, ०२:१० खबर संवाददाता

बैतडी:  बैतडीमा भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै परिवारका सदस्य क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मीलाई कुटेका छन्। जिल्लाको पुरचौडी नगरपालिका –५ कुवाकोटमा परिवारका सदस्यले स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाई दिएका छन्।

चैत १२ गते भारतको ब्याङ्लोरबाट आएका सात जनालाई भूमिराज माबि काटै गहताडको क्वारेन्टाईनमा राखिएको थियो। क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाइनमा रोखको भन्दै राती ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन्।

परिवारका सदस्यको कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर हाट स्वास्थ्यचौकीमा ल्याइएको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताए। 

यसबारे बैतडीका प्रमुख प्रहरी नायब उपपरीक्षक डिल्लीनारायण पाण्डेयले स्वास्थ्यकर्मीमाथि कुटपिट भएको जानकारी आएपछि घटना स्थलमा प्रहरी पठाएको बताए। 

कमेन्ट लोड गर्नुस