सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना रोकथाम सहयोगका लागि निःशुल्क गाडी दिने कैलालीका खगेन्द्रको घोषणा

२०७६ चैत्र १३, ०१:३३ खबर संवाददाता

कैलाली: कैलालीका खगेन्द्र हमालले कोरोना रोकथाम सहयोगका लागि निःशुल्क गाडी उपलब्ध गराउने घोषणा गरेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका नेकपा नगर कमिटी सचिव हमालले कोरोना संक्रमितलाई उपचार गर्न अस्पतालसम्म पुगाउनका लागि गाडी उपलब्ध गराउने घोषणा गरेका हुन्।

कोरोना संक्रमित भएको पुष्टि भएपश्चात रिफर गरेर अन्य ठाउँमा लैजानु परे आफ्नो निजी गाडी दिने उनले बताए। ‘से१च १६३७ नम्बरको स्कारपियो निःशुल्क उपलब्ध गराउने छु’ उनले सामाजीक संजाल फेसबुकमा लेखेका छन्। तर इन्धनको व्यवस्था भने सरकारले गर्नु पर्ने हमालले अनुरोध गरेका छन्।

कमेन्ट लोड गर्नुस