सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्वारेन्टाइनमा बस्नुपर्ने धनगढीका २२ जना कहाँ छन् ?

२०७६ चैत्र १३, ०१:१५ खबर संवाददाता

सरकारले मंगलबारदेखि देशलाई पूर्ण रुपमा लकडाउन गरेको छ। लकडाउन गरेको अघिल्लो दिन भारत र चीनसँग जोडिएका सबै सीमानाका बन्द गर्ने निर्णय गरेको थियो। सरकारले सीमा नाका बन्द र लकडाउन गरेपनि भारतमा रोजगारीको सिलसिलामा गएकाहरु भने फर्किने क्रम रोकिएको थिएन्।

मंगलबार गौरीफन्टा र गड्डाचौकी नाकामा सयौँको संख्यामा फर्किनेहरु रोकिएपछि प्रवेश गर्न पाउनुपर्ने माग सहित नाराबाजी नै भयो। गौरीफन्टा नाकामा त उनीहरुले जबरजस्ती प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको थियो। सोही क्रममा झडप पनि भयो। मंगलबार अबेर संघिय सरकारले सीमामा रोकिएकाहरुको स्वास्थ्य परिक्षण गरी प्रवेश गर्न दिन तर अनिवार्य क्वारेन्टाईनमा राख्न निर्देशन दियो।

सोही अनुसार स्थानीय प्रशासनले नाकामा रोकिएकाहरुको स्वास्थ्य परिक्षण गरी बस मार्फत गन्तव्य पठाएको थियो। सम्बन्धीत स्थानीय तहले उनीहरुका लागि क्वारेन्टाईन व्यवस्थापन गरी १४ दिन अनिवार्य राख्नुपर्ने निर्देशनको पालन गरेका छन्। उनीहरुले सार्वजनिक स्थलमा निर्माण गरिएका क्वारेन्टाईनमा भारतबाट फर्किएकाहरुलाई राखेको छ।

तर मंगलबार नै भारतबाट फर्किएका २२ जना कहाँ छन्? भन्ने कुराको अत्तोपत्तो छैन्।  गौरीफन्टा नाकाबाट धनगढी प्रवेश  गरी सोझै घर पुगेका उनीहरुलाई क्वारेन्टाईनमा राखिएको छैन्। क्वारेन्टाईनमा बसाल्नुपर्ने उनीहरु विषयमा धनगढी उप–महानगरपालिका र स्थानीय प्रशासन बेखबर छ। तर प्रहरीले मंगलबार गौरीफन्टा नाकाबाट आएका ९ सय ९९ मध्ये २२ जना धनगढी उपमहानगरपालिकाका पनि रहेको बताउँछ।

तीन दिन सम्म उनीहरुको अवस्था बारे सम्बन्धीत निकाय बेखबर देखिएको हो। उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले प्रत्येक वडाका अध्यक्षलाई उनीहरुको अवस्थाका  बारेमा जानकारी लिन र स्वास्थ्यमा समस्या देखिए अस्पताल पठाउन निर्देशन दिएको दावी गर्छन्।

‘स्थानीय प्रशासन पहाडी जिल्लाका नागरिकको व्यवस्थापनमा लाग्यो। उनीहरुलाई मंगलबार राती मात्र पठाईयो। तर धनगढी क्षेत्रका नागरिकहरु नीजि सवारी साधनहरुमा घर गएका रहेछन्। उनीहरुको अवस्थाको बारेमा जानकारी लिन वडा अध्यक्षहरुलाई निर्देशन दिएका छाँै। स्वास्थ्यमा समस्या देखिए धनगढी ल्याउँछौ।’ नगर प्रमुख वडले दिनेश खबरलाई भने।  

स्वास्थ्यकर्मीको टोली  सहित उनीहरुको घरमा जान निर्देशन दिएको उनको दावी छ। घरमा गएका नागरिकहरुलाई सुरक्षीत घरमा एक्लै बस्न पनि आग्रह गरिएको दावी गरिएको छ। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखा उप–प्रमुख लक्ष्मीराज उपाध्ययले उनीहरुको सूची वडामा पठाइएको बताए।  

 

कमेन्ट लोड गर्नुस