सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिवेणी घाटबाट धनगढी भित्रिएका २४ जनालाई क्वारेन्टाईनमा राखियो

२०७६ चैत्र १३, ०९:१७ खबर संवाददाता

धनगढी : नेपाल र भारतमा ‘लकडाउन’ जारी रहेपनि कैलालीमा अवैध रुपमा भित्रिने क्रम जारी छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १ त्रिवेणी घाट भएर पनि भारतबाट नेपाली भित्रिरहेका छन्।

बुधवार मात्रै त्रिवेणी घाट भएर धनगढी भित्रिएका २४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले क्वारेन्टाईनमा राखेको छ। उद्योग वाणिज्य संघ कैलालीको समन्वयमा उनीहरुलाई संघमै बनाईएको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

भारतको मध्य प्रदेशको ईन्दौरबाट आएका २४ जनालाई क्वारेन्टाईनमा राखिएको उनले दिनेश खवरलाई जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस