सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका प्रहरी हवल्दार चन्दले पाए उत्कृष्ट प्रहरी प्रशंसा पत्र

२०७६ चैत्र १२, ०९:२४ खबर संवाददाता

कैलालीका प्रहरी हवल्दार लालबहादुर चन्दले फागुन महिनाको उत्कृष्ट प्रहरीको प्रशंसा पत्र पाएका छन्। मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले हवल्दार चन्दलाई उत्कृष्ट प्रहरी प्रशंसा पत्र प्रदान गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले यो संगै अबका महिनामा पनि उत्कृष्ठ प्रहरी प्रशंसा पत्र दिईने जनाएको छ। प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले भने–‘ अहिले सम्म उत्कृष्ट काम गरेबाफत टाईगर टोलीका कमान्डर चन्दलाई पहिलो पटक उत्कृष्ट प्रशंसा पत्र प्रदान ग¥याँै, अब यसलाई निरन्तरता दिईने छ।’

प्रहरी संगठन भित्र उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई उक्त पुरुष्कारको व्यवस्था गरीएको डिएसपी बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस