सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवैध सेनीटाईजर बिक्रि गर्ने धनगढीको शैलेश्वरी आयुर्वेदिक मेडिकललाई २० हजार जरिवाना

२०७६ चैत्र १२, ०१:११ खबर संवाददाता

अवैध रुपमा सेनीटाईजर बिक्रि गर्ने धनगढीको शैलेश्वरी आयुर्वेदिक मेडिकल हललाई २० हजार जरिवाना गरिएको छ। अनुगमनका क्रममा उत्पादन मिति, कम्पनी, खरिद विल नै नभएको सेनीटाईजर बिक्रि गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार २० हजार जरिवाना गरिएको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख कमलबहादुर पुनमगरले उपभोक्ता संरक्षण ऐन अनुसार अनुचित कार्य गरेको पाईएपछि शैलेश्वरी आयुर्वेदिक मेडिकल हललाई जरिवना गरिएको बताए। 
 

कमेन्ट लोड गर्नुस