सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरिगंगामा कोरोना सम्बन्धि जनचेतना

२०७६ चैत्र ११, ०५:५४ कमल सावद

कैलाली: कैलालीको गौरिगंगा नगरपालिकामा समृद्ध युवा क्लबले कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ। विश्वभरी फैलिएको भाइरस विरुद्ध लड्न मंगलबार गौरीगंगा नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम गरिएको समृद्धि युवा क्लबका अध्यक्ष कृष्ण खड्काले बताए। 

नगरबासीलाई जनचेतना दिन आवश्यक रहेकाले यस्तो कार्यक्रम गरेको उनले बताए।  

यस्तै रानिफाटा सामुदायिक वन उपभोक्ता समुहले समेत वडा नम्बर ६ भरी आर्थिक स्थिती कमजोरी भएका परिवारलाई साबुन र माक्स वितरणसहित जनचेतना कार्यक्रम गरेको रानिफाटा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चक्र बोगटीले बताए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस