सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले कोरोना रोकथामका लागि साढे ११ करोड छुट्यायो

२०७६ चैत्र ११, ०३:५२ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि साढे ११ करोड बजेट छुट्याएको छ। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको रोकथामका लागि साढे ११ करोड बजेट माग गर्दै सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रस्ताव आज बसेको बैठकले स्वीकृत गरेको हो।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रीपरिषद् बैठकले कोरोनाको रोकथामका लागि ११ करोड ५० लाख बजेट छुट्याईएको बताए।

उनका अनुसार सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा आईसोलेसन कक्ष स्थापना तथा कोरोनाको जोखिमबाट बच्न अन्य स्थानमा आईसोलेसन कक्ष स्थापना गर्नका लागि उक्त बजेट छुट्याईएको हो। 
 

कमेन्ट लोड गर्नुस