सामाजिक विकास विकास मन्त्रालयद्धारा तीन अस्पताललाई ४६ थान पिपिई वितरण
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाईरसका संक्रमित तथा सम्भावित विरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपिई वितरण गरेको छ। प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अथात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई) उपलब्ध गराईएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई ४ थान पिपिई उपलब्ध गराईएको जानकारी दिए।
सुदूरपश्चिमका अस्पताल तथा स्वास्थ्य संस्थामा कोरोनाको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी पिपिई र मास्क अभावमा असुरक्षित रहेको भन्दै चिन्ताहरु व्यक्त भईरहेका छन्।
तर सामाजिक विकास मन्त्रालयले आपतकालीन अवस्थाका लागि केही पिपई मौज्दात राखिएको तथा थप आर्पूर्तीका लागि पहल जारी रहेको जनाएको छ।