सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पनि भोलिदेखि निषेधाज्ञा

२०७६ चैत्र १०, ०६:२९ खबर संवाददाता

डडेल्धुरा: कोरोना संक्रमण रोकथाम, नियन्त्रण र संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले निषेधाज्ञा जारी गरेको छ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि लागू हुनेगरि अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि बन्द गराउन निषेधाज्ञा जारी गरेका हुन। 

उक्त निषेधाज्ञाको उलङ्घन गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

कमेन्ट लोड गर्नुस