सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टेलिकमको अनलिमिटेड सस्तो डाटा प्याक

२०७६ चैत्र १०, १२:१९ खबर संवाददाता

नेपाल टेलिकमले आकर्षक सुविधासहित विभिन्न प्याकेज उपलब्ध गराएको छ। योजनाअन्तर्गत कम्पनीले सञ्चालन गरेको वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याकलगायत अफर सस्तोमा प्रयोग गर्न सकिने बताइएको छ। 

कम्पनीले ल्याएको वान आवर अनलिमिटेड प्याकमा एक घन्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ। २० रुपैयाँमै प्याक उपलब्ध हुने प्याकमा एक घन्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न पाइने बताइएको छ। ग्राहकले सीधै ८१४१५८८३ डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गरी प्याक लिन सकिनेछ। त्यसैगरी, प्याक लिनका लागि एफडिप्याक लेखेर १४१५ मा एसएमएस गरी प्याक लिन सकिने बताइएको छ।

साथै, कम्पनीले ल्याएको ‘अनलिमिटेड नाइट डाटा प्याक’अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राति ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइनेछ। त्यसैगरी, ९० रुपैयाँमा ७ दिनसम्म राति ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। 

एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिन  ८१४१५८८३ मा र ७ रातका लागि ८१४१५८३३३ डायल गर्नुपर्नेछ। त्यसैगरी, एक दिनको प्याकका लागि एनयुएनएल र ७ दिनका लागि भए युटिएल ७ टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ। 

नेपाल टेलिकमको वेबसाइटमा प्राप्त विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने डाटा प्याक छनोट गरी वा कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिनेछ।
 

कमेन्ट लोड गर्नुस