धनगढी र अत्तरियामा पनि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द
सुदूरपश्चिमको अस्थायी मुकाम धनगढी र अत्तरियामा पनि आजदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका छन्। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिट–१९) को संक्रमण फैलिन नदिन कैलाली उद्योग वाणिज्य संघले आह्वान गरेअनुसार धनगढीमा बिहानैदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएका छन्।
कैलाली उद्योग वाणिज्य संघले कोरोनाको जोखिमबाट बच्न अर्को सूचना जारी नभए सम्मका लागि व्यवसाय बन्द गर्न आह्वान गरेको थियो। बजार बन्द गरिएपछि मानिसको आवातजावत घटेको छ। यस्तै अत्तरिया बजार पनि बन्द गरिएको छ।
आईतबार बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार व्यवसायीहरुले बजार बन्द गरेका हुन्। तर अतिआवश्यक सेवा मुलक खाद्यान्न, होटल, ग्यास र मेडिकलहरु भने सञ्चालनमै रहेका छन्।