सुदूर नेपाललाई विश्वसँग जोड्दै

शेयर कारोबार ५ दिन बन्द

२०७६ चैत्र १०, ०५:२५ खबर संवाददाता

नेपाल धितोपत्र बोर्डले आगामी ५ दिन शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ। यसबाट सोमवारदेखि आइतवारसम्म शेयरबजार बन्द रहनेछ। आइतवार बोर्ड बैठकले कोरोना भाइरसबाट लगानीकर्तालाई सुरक्षित राख्न सोमवारबाट आगामी ५ दिन शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो। बैठकले धितोपत्र बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्ज नेप्से लाई आदेश दिने निर्णय गरेको बोर्डबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। यसअघि शेयर लगानीकर्ताका संघसंस्थाहरूले बोर्डमा चैत महीनाभरि कारोबार बन्द गर्न आग्रह गरेका थिए।

सरकारले १७ ओटा अत्यावश्यकबाहेक सबै सेवा आइतवारबाट बन्द गर्ने घोषणा गरेको थियो। यसबाट शेयर कारोबार पनि बन्द हुने अधिकांशले आकलन गरेका थिए। तर, बोर्डले आधिकारिक निर्णय नगरेपछि आइतवार शेयर कारोबार यथावत भएको थियो। शेयर कारोबार यथावत भएपछि लगानीकर्ता संघसंस्थाहरूले आइतवार नेप्से र अर्थ मन्त्रालयमा शेयरबजार बन्द गर्न ज्ञापनपत्र बुझाएका थिए।

बोर्डले उनीहरूको आग्रहलाई स्वीकार गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। बोर्डले अर्को हप्ता भने परिस्थिति हेरेर निर्णय गर्ने बताएको छ।
 

कमेन्ट लोड गर्नुस