धनगढीका युवा भट्टले गरे क्वारेन्टाइनका लागि निःशुल्क घर दिने घोषणा
धनगढी: धनगढीका युवा मदन भट्टले सरकारलाई आवश्यक परे कोरोना भाइरसको आशंका लागेका व्यक्तिलाई राख्न आफ्नो घर दिने घोषणा गरेका छन्। सामाजिक संजाल फेसबुकमार्फत उनले आफ्नो खाली रहेको ३ तले घर आइसोलेन र क्वारेन्टाइनका लागि सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन।
फेसबुकमा पोस्ट राख्दै उनले लेखेका छन, ‘यदी सरकारलाई आवश्यक पर्छभने जतिबेला जुनसुकै समयमा पनि मेरो खालीरहेको ३ तले घर आइसोलेसन वा क्वारेन्टाइन जुनसुकै प्रायोजनको लागि भएपनी निःशुल्क रुपमा चाहिएको अवधीको लागि नेपाल सरकारलाई उपलब्ध गराउने घोषणा गर्दछु।’
भट्ट विगतदेखि नै विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका छन।