टीकापुर उद्योग वाणिज्य संघद्वारा बजार क्षेत्रमा हातधुने व्यवस्था
टीकापुर, कैलाली: कोरोना भाइरसबाट जोगिन टीकापुर उद्योग वाणिज्य संघले बजार क्षेत्रमा सर्वसाधारणका लागि हात धुने व्यवस्था गरेको छ।
टीकापुर, दुर्गौली, अस्नेहरी, नारायणपुर, सत्ती बजारका करिव १५ ठाउँमा हात धुने व्यवस्था गरिएको संघका अध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिए।
नियमित साबुन पानीले हात धुँदा जोखिम कम हुने भएकाले सर्वसाधारण र व्यापारी व्यवशायीहरुको सहजताका लागि विभिन्न ठाउँमा हात धुने व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए।