सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोना नआओस भन्दै डडेल्धुराको उग्रतारामा होमयज्ञ

२०७६ चैत्र ९, ०२:२९ खबर संवाददाता

धनगढी: नेपालमा कोरोना भारसको संक्रमण नआओस भन्दै डडेल्धुराको उग्रतारा मन्दिरमा होमयज्ञको आयोजना गरिएको छ। उग्रतारा क्षेत्र विकास समिति र उग्रतारा वेदविद्याश्रमले उग्रतारा मन्दिरमा महारुद्राभिषेक तथा महापूजाको आयोजना गरेको हो।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस नेपालमा नभित्रियोस् भनेर अमरगढी नगरपालिका–८ मा रहेको धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा होमयज्ञको आयोजना गरिएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।

दैवीय शक्तिले मात्रै कोरोना भाइरसको संक्रमण रोक्न सक्ने भन्दै उग्रतारामा हिन्दु संस्कारअनुसार होमयज्ञ लगाइएको उनले बताए। यज्ञको आयोजना गरिए भगवानको अतभुत शक्तिहरुले यो क्षेत्रमा कोरानो भाइरस नआउने विश्वास आयोजकहरुले गरेका छन्।

कमेन्ट लोड गर्नुस