सुदूर नेपाललाई विश्वसँग जोड्दै

७ पहाडी जिल्लाको ‘ट्रान्जिट प्वाइन्ट’ स्याउँलेमा अमरगढीद्वारा हेल्थ डेस्क स्थापना

२०७६ चैत्र ९, ०२:१२ खबर संवाददाता

धनगढी: विश्वव्यापी रुपमा फैलिरहेको कोभिड– १९ बाट जोगाउन सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको ‘ट्रान्जिट प्वाइन्ट’ को रुपमा परिचित डडेल्धुराको स्याउँलेमा स्वास्थ्य सहायता कक्ष(हेल्थ डेस्क) स्थापना गरिएको छ।

जिल्लाको अमरगढी नगरपालिकाले स्वास्थ्य कार्यालय डडेल्धुरासँगको समन्वयमा नगरपालिकाको वडा नम्बर १ स्याउँलेमा हेल्थ डेस्कको स्थापना गरेको हो। 

तराईका जिल्लाबाट आउने यात्रुहरूको स्वास्थ्य परिक्षणका लागि शनिबारदेखि स्वास्थ्य सहायताकक्ष सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। हेल्थ डेस्कमा हाललाई एक–एकजना स्वास्थ्यकर्मी खटाइएको छ। आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने प्रमुख श्रेष्ठले बताए। 

भारत तथा देशका अन्य स्थानबाट धमाधम यात्रु भित्रिरहेकोमा उक्त हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परिक्षण गरिने नगरप्रमुख विशेश्वरप्रशाद ओझाले बताए। 'स्याउले भएर सातै पहाडी जिल्लाका सवारी साधन जाने गर्छन यहाँ चेकजाँच भएमा कोरोनाको जोखिम केही मात्रामा भएपछि कम हुन्छ' उनले भने।

कमेन्ट लोड गर्नुस