कोरोना आशंकामा सुदूरपश्चिमकी महिला सांसद अस्पताल भर्ना
कोरोनाको संक्रमण भएको आशंकामा सुदूरपश्चिमकी एक महिला सांसद अस्पताल भर्ना भएकी छन्। रुघाखोकी र ज्वरोको संक्रमणपछि सुदूरपश्चिम प्रदेशसभाकी सदस्य सेती प्रादेशिक अस्पताल भर्ना भएको बताईएको छ।
अस्पतालको इर्मजेन्सी विभाग प्रमुख डाक्टर जगदिश प्रसाद जोशीले प्रदेशसभा सदस्यलाई ज्वरोको संक्रमण देखिएपछि आईसोलेसन वार्डमा राखिएको पुष्टि गरे। तर ती सांसदको नाम भने खुलाईएको छैन्।
उनको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईएको डाक्टर जोशीले बताए। तर रिर्पोट आएको छैन्। उनलाई शुक्रबारदेखि आईसोलेसन वार्डमा राखिएको छ।