सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु

२०७६ चैत्र ९, ०८:४० खबर संवाददाता

स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट ज्यान गएको छ। कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ७६ वर्षको उमेरमा शनिबार ज्यान गएको हो।

सान्ज सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहँदा टिमलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। ‘मेरो बुवाको भर्खरै निधन भयो’, सान्जका छोराले ट्विटरमा लेखे। ‘उनी यो अवस्थामा ज्यान गुमाउन लायक थिएनन्। एक उत्कृष्ट, साहसी र मेहनती व्यक्तिका रुपमा मैले देखेको थिएँ। आफ्ना परिवार र रियल मड्रिड उनको प्यासन थियो।’
 

कमेन्ट लोड गर्नुस