सुदूर नेपाललाई विश्वसँग जोड्दै

होलसेल व्यवसायी संघद्धारा गौरीफन्टा नाकामा मास्क वितरण

२०७६ चैत्र ८, ०४:५१ खबर संवाददाता

होलसेल व्यवसायी संघले गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई निःशुल्क मास्क वितरण गरेको छ।  होलसेन व्यवसायी संघका अध्यक्ष तिलकचन्द्र खतिवडा लगायतका पदाधिकारीले नाकामै पुगेर यात्रु र सुरक्षाकर्मीलाई एक हजार चार सय ५० मास्क वितरण गरेका हुन्।

यस्तै संघले सेती प्रादेशिक अस्पताललाई पनि चार सय मास्क वितरण गरेको छ भने मानव सेवा आश्रमलाई ५०, दृष्टि फाउण्डेसनलाई ५०, आमाको माया छात्रबासलाई २५ वटा मास्क पनि वितरण गरेको छ। 

 

 

कमेन्ट लोड गर्नुस