सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरको छतमा तरकारी लगाएर जीविका चलाउँदै

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र ८, ०३:०२

रामपुर: तरकारी लगाउनका लागि प्रशस्त जग्गा नै चाहिन्छ भन्ने छैन। आफूमा जाँगर र मेहनत भयो भने घरको छतमा तरकारी लगाएर राम्रो उत्पादन गर्न सकिन्छ। पाल्पा रामपुर नगरपालिका वडा नं ५ बेझाड बजार बस्ने बिन्दु श्रेष्ठले घरको छतभरि विभिन्न जातका तरकारी लगाएर हरियाली बनाएकी छन्। छतमा तरकारी खेती गर्न थालेपछि उहाँलाई बिहान साँझ तरकारी किन्नका लागि पैसा खर्चनु परेको छैन। 

“घरको छतमा तरकारी खेती गर्न थालेपछि साँझ बिहान के तरकारी पकाउने भन्ने पिरलो छैन, बजारमा तरकारी किन्न छाडेको दुई तीन वर्ष भयो, घरकै उत्पादनले पुगिरहेको छ”, उनले भने। श्रेष्ठले घरको छत पूरै तरकारी खेतीले ढाकेकी छन्। उनलाई तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने, रेखदेख गर्ने गर्दैमा दिन बितेको पत्तो छैन। घरमा पुग्ने आफन्त छिमेकीलाई पनि तरकारी कोशेलीका रुपमा दिने गर्छन। 
           
पुष्पा श्रेष्ठले पनि १०/१२ वर्षदेखि घरको छतमा क्यारी बनाएर तरकारी खेती गर्दै आएकी छन्। पहिला तरकारी खरिदमा उहाँलाई दैनिक १५० रकम खर्चनुपथ्र्यो तर अहिले भने आफैँले छतमा उत्पादन गरी बिहान साँझ घरलाई खान पु¥याउछन्।

“दिनहुँ तरकारीमै १५० रकम खर्चनुपथ्र्यो, बजारमा आएका विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा पनि असर गर्ने, अहिले त तरकारी किन्ने पैसा बचत भएको छ, आफैँले फलाएको स्वस्थ्य तरकारी खान पाइएको छ”, श्रेष्ठले अनुभव सुनाइन।

आफूमा जाँगर भयो भने कम मेहनतमा पनि घरको छतमा या कौसीमा तरकारी लगाएर तरकारी किन्ने पैसा बचत गर्न सकिन्छ। काठमाडौँ पोखरा लगायतका विभिन्न बजारका घरको छतमा तरकारी लगाएको देखेपछि ३० हजारको लगानीमा क्यारी बनाएर तरकारी लगाउन थालेको सूर्यप्रसाद श्रेष्ठले बताइन।

उनको घरको छतमा अहिले साग, मुला, धनियाँ, सिमी, काउलीलगायतका विभिन्न जातका तरकारी छन् । तरकारीमा मलका लागि स्थानीय जातका कुखुरा पनि पाल्नुभएको छ।मौसमअनुसारका विभिन्न जातका तरकारी उत्पादन गरी घरलाई खान पुग्ने भएपछि बेझाड बजारका नागरिकले घरको छतमा क्यारी बनाएर तरकारी लगाउन थालेका हुन्। घरका छतमा गमला, क्यारी, बोरामा तरकारी लगाएर हरियाली बनाउने गरेका छन्। 

तरकारी खरिदमा पैसा खर्च गर्नु नपर्ने आफैँले घरमा विषादीरहित उत्पादन गरिएको तरकारीले स्वास्थ्यलाई फाइदा हुने भएपछि अहिले घरको छतमै तरकारी लगाउनेको आकर्षण बढ्दो छ। -रासस
 

कमेन्ट लोड गर्नुस