सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा स्व. भण्डारीको सम्झनामा मास्क तथा फलफूल वितरण

२०७६ चैत्र ८, ०२:२५ खबर संवाददाता

डडेल्धुरा: नेविसंघ डडेल्धुराका कार्यवाहक अध्यक्ष पदम भण्डारीको १३औं दिनको पुण्यतिथिमा नेविसंघ डडेल्धुराले शनिबार डडेल्धुरा अस्पताल डडेल्धुरा र स्थानीयलाई करिव २ सय मास्क वितरण गरेको छ। साथैे होटेल राइनोको सहयोगमा बिरामीहरुलाई फलफूल समेत वितरण गरिएको नेविसंघ डडेल्धुराले जनाएको छ।

नेविसंघ डडेल्धुराका कार्यवाहक अध्यक्ष भण्डारीे फागुन २६ गते होलीको दिन बाथरुमभित्र मृत अवस्थामा फेला परेका थिए।

भण्डारीले डडेल्धुरामा कपडा बैकको स्थापना गरेका थिए। साथै बेलाबेलामा रक्तदान कार्यक्रम गर्नुका साथै उनी थुपै समाजिक कार्यमा सहभागी हुने गरेका थिए। 

 

कमेन्ट लोड गर्नुस