सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अपाङ्गता परिचयपत्र वितरण

२०७६ चैत्र ८, ०८:२८

बैतडीको सुर्नया गाउँपालिकाले वडामै पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छ। अपाङ्गता परिचयपत्रका लागि आवश्यक कागजपत्र बनाइसकेका सेवाग्राहीलाई वडामै पुगेर परिचयपत्र वितरण गर्ने काम भइरहेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले बताए।

अपाङ्गता भएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले नै परिचयपत्र वितरण गर्नुपर्ने प्रावधान छ। साविकको महिला तथा बालबालिका कार्यालयले यसअघि अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको थियो। गाउँपालिकाका प्रत्येक वडामा पुगेर अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको कागजपत्रको आधारमा परिचयपत्र वितरण गर्ने कार्य भइरहेको होे।

सुर्नया गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। चार वटै वडामा १९ लाई अपाङ्गता परिचयपत्र वितरण गरिएको वडा नम्बर ३ का वडाध्यक्ष दिलाराम भट्टले बताए। अपाङ्गता परिचयपत्र प्राप्त गरिसकेपछि अपाङ्गता भएका व्यक्तिलाई सरकारी सेवा सुविधा लिन सजिलो हुने सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए। रासस
 

कमेन्ट लोड गर्नुस