सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको संक्रमणबाट बच्न नोटको सट्टा कार्ड र विद्युतीय कारोवार गर्न अपिल

२०७६ चैत्र ७, ०२:५४ खबर संवाददाता

कोरोनाको जोखिमबाट बच्न नोटको सट्टा कार्ड र विद्युतीय प्रणाली मार्फत कारोवार गर्न अपिल गरिएको छ। नोटको माध्यमबाट समेत कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै सकेसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न आग्रह गरिएको हो।

नेपाल बैँकर्स संघ, डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपाल र नेपाल वित्तिय संस्था संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै  यस्तो अपिल गरेको हो। इनटरनेट, मोबायल लगायतका विद्युतीय माध्यमबाट गरिने कारोवारमा कुनै शुल्क नलाग्ने, एउटा बैँक तथा वित्तिय संस्थाको एटीएम अन्यमा प्रयोग गर्दा शुल्क नलाग्ने समेत उल्लेख गरिएको छ।

अर्को सूचना जारी नभए सम्मका लागि यी सेवासुविधामा शुल्क नलाग्ने जारी विज्ञप्तीमा भनिएको छ। यस्तै अतिआवश्यक बाहेक बैँक तथा वित्तिय संस्थाका शाखाहरुमा नजान, भीडभाड नगर्न तथा कोरोनाको संक्रमणबाट जोगिन अपिल गरिएको छ। 

कमेन्ट लोड गर्नुस