सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई पसल सञ्चालकलाई कारवाही, ३० हजार जरिवाना

२०७६ चैत्र ६, ०६:१८ खबर संवाददाता

धनगढी: धनगढीमा संयुक्त बजार अनुगमन समितिले अनुगम गरेको छ। अनगमनका क्रममा टोलीले दुई पसल सञ्चालकलाई कारवाही गरेको छ। समितिले धनगढीका पाथिभारा किराना एण्ड तरकारी सप्लार्यस र न्यू गणेश किराना पसल एण्ड सप्लायर्सलाई १५/१५ हजार गरी ३० हजार जरिवाना गरेको हो। 

अनुगमनका क्रममा दुवै पसलबाट म्याद नाघेका विभिन्न खाद्यवस्तु भेटिएकाले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले बताए। 

पुनमगरका अनुसार संयुक्त अनुगमन समितिले विस्कृट, चकलेट, मसला, स्याम्पुु, पतञ्जली क्रिम, चियापत्ति, स्वयाविन, जिरा, धनिया, खुर्सानी, अचारका डिब्बा लगायतका म्याद नाघेका बस्तु समेत बरामद गरिएको छ।  

बजारमा ग्यासको समेत जथाभावी विक्रि–वितरण हुनेगरेको पाइएकाले अनुमतिविना ग्यास विक्रि वितरण गर्नेलाई कारवाही गरिने उनले बताए। 

 

कमेन्ट लोड गर्नुस