सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अजयमेरुले परीक्षा केन्द्रमा अलपत्र परेका विद्यार्थीलाई घर पुर्‍यायो

२०७६ चैत्र ६, ०१:२० खबर संवाददाता

डडेल्धुरा: एसईई परिक्षा स्थगित भएपछि परीक्षा केन्द्रमा अलपत्र परेका विद्यार्थीलाई डडेल्धुराको अजयमेरु गाउँपालिकाले निःशुल्क सवारी साधनमार्फत घर पुर्याएको छ।

गाउँपालिकाको वडा नम्बर २ मा रहेको सहस्त्रलिंग उमावि परीक्षा केन्द्रमा गएका देवल, चिपुर, भुल्कुँडा, खतेडाका विद्यार्थी र अमरगढीको पोखरा परीक्षा दिन गएका विद्यार्थीलाई चमडाका पुर्याएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाअध्यक्ष शिवराज भट्ले बताए।

गाउँपालिकाका २ वटा र भाडाका ४ वटा सवारी साधनमा विद्यार्थीलाई घर पुर्याएको उनले बताए। 

कमेन्ट लोड गर्नुस