सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरुवा बन्दुकसहित २ जना पक्राउ

। फोटो स्रोत ।
२०७६ चैत्र ६, १०:३९

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाले भारत—नेपाल सीमावर्ती क्षेत्र नजिकै भरुवा बन्दुक र बन्दोवस्तीका सामाग्रीसहित २ जनालाई नियन्त्रणमा लिएको छ। मधुवन नगरपालिका ७ का दुई जनालाई हतियारसहित गएराति नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरीले ३६ वर्षीय दिलबहादुर चौधरी र ५० वर्षीय लिलबहादुर कुँवरलाई पक्राउ गरेको हेडक्वाटरका प्रहरी उपरीक्षक यादव विश्वकर्माले जानकारी दिए। उनीहरुबाट १ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

प्रहरीका अनुसार उनको साथबाट गोली ४७ थान, केप ८ पीस, बारुद २५० ग्राम, सानो छर्रा २६ पीस, खुकुरी १, बञ्चरो १, चक्कु १ र ३ वटा साइकल बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरु भारतीय जंगलतर्फ शिकार खेल्न जानेक्रममा रहेको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएका दुवैजनालाई प्रहरीको जिम्मा लगाइएको एसपी विश्वकर्माले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस