सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सरकारी कार्यालय र धनगढीका चोकचोकमा हात धुने व्यवस्था

२०७६ चैत्र ५, ०६:०८

धनगढी : कैलालीका सम्पूर्ण सरकारी कार्यालयमा हातधुने व्यवस्था गर्ने निर्णय गरिएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको बैठकले उक्त निर्णय गरेको हो। उक्त बैठकमा भोलीदेखि सुरु हुने एसईई परिक्षामा पनि सतर्कता अपनाउने निर्णय भएको कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए। बैठकमा जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो। 

यस्तै धनगढी उप–महानगरपालिकामा पनि छुट्टै बैठक बसेको छ। उक्त बैठकमा कोरोना भाइरस सतर्कताका विषयमा बसेको बैठकले धनगढी बजारका मुख्य चोकहरुमा हातधुने व्यवस्था मिलाउने, कोरोनाबाट बच्न सकिने विषयमा प्रचारप्रसार गर्ने, बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणमा सहयोग गर्ने, हाटबजार, एसईई परीक्षाकेन्द्र, बसपार्क लगायतका ठाउँमा हेल्थ डेस्क राखेर चेकजाँच गर्ने लगायतका निर्णय समेत गरेको छ।

 

कमेन्ट लोड गर्नुस