सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा धम्की दिएर गाउँपालिकाको केन्द्र सार्ने पक्षमा मतदान गर्न लगाएको आरोप

२०७६ चैत्र ५, ०५:५१

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र निर्धारणका विषयमा नेपाली कांग्रेस बैतडीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेसले एक विज्ञप्ती जारी गर्दै नेकपा जिल्ला कमिटि अध्यक्ष सुरेन्द्र पाल र डिलाशैनी गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य बिरदत्त भट्ट लगायत केही सदस्यहरुलाई धम्की दिएर गाउँपालिकाको केन्द्र सार्ने पक्षमा मतदान गर्न लगाएको आरोप लगाएको छ। 

कांग्रेस जिल्ला सचिव प्रेमबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नं ७ मा राख्ने पहिला नै  निर्णय भइसकेको र सो निर्णय बदर गरेर केन्द्र अर्को ठाउँमा निर्धारण गर्नु ठीक नभएको भन्दै गाउँपालिकाको केन्द्र सार्ने निर्णय खारेज गर्न माग गरेको छ।

कमेन्ट लोड गर्नुस